आगलागी पीडितलाई गोकुलगंगा गाउँपालिकाले गर्‍यो आर्थिक सहयोग

रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगलागीबाट ज्यान गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको चोरपातलमा आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले बुधबार घट्नस्थलमै पुगेर ५० हजारको चेक सहित खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो । मंगलबार विहान आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले मृतकका छोरा किपाले […]

आगलागी पीडितलाई गोकुलगंगा गाउँपालिकाले गर्‍यो आर्थिक सहयोग

रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगलागीबाट ज्यान गुमाएका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको चोरपातलमा आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले बुधबार घट्नस्थलमै पुगेर ५० हजारको चेक सहित खाद्यन्न र लत्ताकपडा सहयोग गरेको हो ।

मंगलबार विहान आगलागी हुँदा ज्यान गुमाएकी पासाङलेकी शेर्पाको परिवारलाई गाउँपालिकाले मृतकका छोरा किपाले शेर्पालाई घटना स्थलमै पुगेर आर्थिक सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठले बताइन् ।

पीडित परिवारलाई गाउँपालिकाले पचास हजारको चेक सहति, चामल, भाँडा, ओढ्ने लुगा, त्रिपाल लगायतका सामाग्री सहयोग गरिएको उपाध्यक्ष श्रेष्ठले बताइन् ।

आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् भने ४ लाख १० हजारको अन्न र घरमा राखिएको ३ लाख नगद सहित लाखौको क्षति भएको छ ।

समाचार का थप समाचार