स्थानीय सरकार

१०३समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका छन् । बिहीबार सुनापति गाउँपालिकाको वडा नं ५ खनियापानीमा आयोजित चालू आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले उठाएका प्रश्न, गुनासा र जिज्ञासाको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । सार्वजनिक सुनुवाइमा नागरिकहरूले […]

  1. गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

    रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर मार्फत वडा कार्यालयबाट सेवा दिन थालेको हो । गाउँपालिकाबाट प्रवाह हुने एक दर्जन भन्दा बढी सेवा सहित गाउँपालिकाको टिम वडामा पुगेर नागरिकलाई सेवा दिन थालिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । […]

  2. रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

    रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा सूचकहरू अधिकतम पुरा भएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बागमती प्रदेशमा १२ औँ र रामेछाप जिल्लामा दोस्रो बालमैत्री स्थानीय शासन युक्त नगरपालिका भएको घोषणा गरेका हुन् । शनिवार रामेछापमा आयोजित बालमैत्री शासनयुक्त नगरपालिका घोषणा कार्यक्रममा […]

  3. सुनापतिको तिज विशेष लोकगीत प्रतियोगितामा १५ हजारको पुरस्कार वडा नं २ को समूहलाई

    रामेछाप- सुनापति गाउँपालिकाले हरितालिका तिजको अवसर पारेर आयोजना गरेको गाउँपालिका स्तरीय लोकगीत प्रतियोगितामा वडा नं २ को दिदीबहिनी समूह प्रथम भएको छ । आइतबार गाउँपालिमा आयोजित प्रतियोगितामा विभिन्न समूहलाई पछाडि पार्दै वडा नं २ को दिदीबहिनी समूह प्रथम भएको हो । त्यस्तै वडा नं ४ को आमा समूह द्वितीय, वडा नं ५ को सचेतना आमा […]

  4. स्थानीय तह स्वमूल्यांकनमा गोकुलगंगा पहिलो

    रामेछाप- रामेछापको गोकुगंगा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लाका ८ स्थानीय तह मध्ये गोकुलगंगा गाउँपालिका ८२ अंक प्राप्त गर्दै प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को […]

थप समाचार

  1. लिखुतामाकोशीको ८ महिनाको प्रगतिः ४५ प्रतिशत खर्च, १ सय १३ योजना सम्झौता भई काम हुँदै

    रामेछाप- लिखुतामाकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा प्रवाह भएका सार्वजनिक सेवा, विकास निर्माणको अवस्था, सेवा र विकास निर्माणको गुणस्तरीयता पालिकाबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को दोस्रो चौमासिकसम्ममा पालिका भित्र संचालनमा रहेका विकास निर्माणका योजना र सेवा प्रवाहलाई थप […]

  2. नागरिकमैत्री स्थानीय सरकारः वडाध्यक्ष कार्कीको ‘टोलमै सेवा’ अभियान

    रामेछाप- रामेछाप नगरपालिका-७, बिर्ताका नागरिकका लागि वडा कार्यालयसम्म पुगेर सेवा लिन त्यति सहज छैन । किनभने बिर्ताबाट वडा कार्यालय पुग्न घण्टौ लाग्छ । वडा कार्यालय टाढा पर्ने भएकाले वडाबाट लिनु पर्ने सेवा लिन जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि निकै अफ्ठेरो छ । तर, वडाध्यक्ष समिर कार्कीले नागरिकलाई सहज बनाउने उद्देश्यले ‘टोलमै […]

  3. कार्य सम्पादन मूल्याङ्कनमा मन्थली पहिलो

    रामेछाप- रामेछापका ८ स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रथम भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा रामेछापका दुई नगरपालिका र ६ गाउँपालिका मध्ये मन्थली नगरपालिका प्रथम भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार रामेछाप […]

  4. सुनापतिको आव २०८०/०८१: लक्ष्य भन्दा बढी राजश्व संकलन, १ सय २५ योजना सम्पन्न

    रामेछाप– सुनापति गाउँपालिकाले गएको आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा बढी राजश्व उठाउने देखि नीति तथा कार्यक्रममा समेटिएका १ सय २५ योजनाहरू सम्पन्न गर्ने सम्मका काम गरेको छ । सुनापति गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका आफ्ना वार्षिक कार्यक्रम, बजेट, खर्चको अवस्था, सेवाको गुणस्तरीयता, विकास निर्माण आयोजना र त्यसको प्रभावका विषयमा सोमवार आयोजित सार्वजनिक […]

  5. गोकुलगंगाको ‘एक घर एक धारा’ अभियान: यो वर्ष ४१६ ओटा धारा निर्माण

    रामेछाप– गोकुलगंगा गाउँपालिकामा चालु आव (२०८०/०८१) मा ‘एक घर एक धारा’ अभियान: यो वर्ष ४ सय १६ ओटा खाने पानीका धारा निर्माण भएका छन् । आगामी आर्थिक वर्षको लागि गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले गाउँ सभामा पेश गरेको नीति तथा कार्यक्रममा चालु आवमा गोकुलगंगा गाउँपालिकामा यो वर्ष ४ सय १६ ओटा खाने पानीका […]

  6. सुनापतिको नीति, कार्यक्रम र बजेट: गाँजा खेतीको सम्भाव्यता अध्ययन, बुद्धचित्तको खेती

    रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार सम्पन्न सुनापति गाउँपालिकाको गाउँ सभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको हो ।  गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राखेर कृषि, पशु सेवा, उद्यम विकास, सहकारी क्षेत्र, वैदेशिक रोजगार, पर्यटन जस्ता क्षेत्रलाई आगामी आर्थिक वर्षको नीति […]

  7. लिखुतामाकोशीको नीति तथा कार्यक्रम: आर्थिक विकास, शिक्षा र सामाजिक विकास प्राथमिकतामा

    रामेछाप– जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । लिखुतामाकोशी गाउँपालिकाको १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष केशव महतले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्षले प्रस्तुत गरेको नीति तथा […]