कुराकानी

१०समाचार

अन्तरवार्ताः हामी आश्वासन मात्र होइन, विद्यार्थीको हकहितका लागि अडिग भएर काम गर्नेछौं

चैत्र ५ गते देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ  । रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि सोही दिन निर्वाचन हुनेछ  । उक्त क्याम्पसमा तीन फरक विद्यार्थी संगठनहरू छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्  । नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट अध्यक्ष पदका उम्मेदवार विपुल रोकासँग उनको नेतृत्वमा रहेको प्यानलले विद्यार्थीका […]

  1. महिला दिवसः अधिकार, लैंगिक समानता र सशक्तीकरण

    महिलाहरू विभिन्न अधिकारबाट बञ्चित, लैंगिक असमानताबाट पीडित तथा सशक्तीकरणको अभावका कारण धेरै समस्याहरू भोग्न बाध्य छन् । मुलुकमा संविधान बनेपछि महिलाहरूका लागि थप अधिकार, लैंगिक समानता, र सशक्तीकरणका व्यवस्थाहरू थपिए । स्थानीय तहमा महिला जनप्रतिनिधिको सुनिश्चितता भएपछि धेरै महिलाहरू नेतृत्वदायी भूमिकामा क्रियाशील छन् ।महिला अधिकार, लैंगिक समानता र सशक्तीकरणको सन्दर्भमा महिलाहरूको वर्तमान अवस्था कस्तो छ […]

  2. स्थानीय नेतृत्वमा महिलाः चुनौती, उपलब्धि र भविष्यको दिशा

    महिलाहरूले विश्वभर महिला भएकै कारण विभिन्न विभेद र समस्याहरू भोग्दै आएका छन् । जसका कारण उनीहरू सामाजिक, आर्थिक, राजनीतिक तथा अन्य क्षेत्रहरूमा पछाडि परिरहेका छन् । यद्यपि, पछिल्ला वर्षहरूमा संविधान तथा कानुनी सुधारका कारण महिलाहरूको अवस्था केही सुधार हुँदै गएको छ ।नेपाल संघीयतामा गइसकेपछि स्थानीय तहमा महिलाहरूको प्रतिनिधित्वसमेत बढेको छ । तर, उनीहरूको सहभागितालाई समाजले […]

  3. रामेछापका जनप्रतिनिधिः निर्वाचन हुनुपर्छ भन्नेमा सबै एक, मितिका विषयमा फरक–फरक मत

    २०७४ बैशाख ३१ गते भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते पूरा हुँदै छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार जनप्रतिनिधिको कार्यकाल पूरा हुनु भन्दा दुई महिना अगाडि नै निर्वाचन हुने छ भनिएको छ । तसर्थ २०७९ जेठ ५ गते भन्दा आगडि नै स्थानीय तहको निर्वाचन गर्नु पर्ने संवैधानिक तथा […]

  4. खाँडादेवीमा कृषिको नयाँ योजनाः ‘भूमी बैंक स्थापना, व्यावसायिक उत्पादनमा जोड’ (भिडियो)

    रामेछाप– खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । कोरोना भाइरसका कारण बेरोजगारीको संख्या बढ्न सक्ने र भोकमारी आउन सक्ने आकलन गर्दै कृषि मार्फत बेरोजगारी घाटाउने र निर्वाहमूखी कृषि उत्पादनलाई व्यावसायिक बनाउने नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बताउनुभएको छ […]

थप समाचार

  1. युवा पत्रकार विक सम्मानित

    मन्थली- रामेछापमा जिल्लामा रहेर विगत ८ वर्ष देखि पत्रकारितामा सक्रिय युवा पत्रकार रामचन्द्र विक सम्मानित हुनुभएको छ । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले पत्रकार विकलाई सहकारीको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर नगद दुई हजार पुरस्कार सहित प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मानित हुनुहुने विक विगत ८ वर्ष देखि पत्रकारितामै सक्रिया […]

  2. ७० औं प्रजातन्त्र दिवसः जीपी फाउण्डेशन रामेछापद्वारा दिप प्रज्वलन

    कुमार श्रेष्ठ, मन्थली- ७० औं प्रजातन्त्र दिवसको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले बुधबार साँझ दिप प्रज्वलन गरेको छ । वीपीको सालिकमा पुगेर गिरिजा प्रसाद कोइराला फण्डेशन रामेछापका अध्यक्ष दीपक खड्का, पाण्डेशनका पदाधिकारी र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा दिप प्रज्वलन गरिएको हो । पिद प्रज्वल पछि बोल्दै फाण्डेशनका अध्यक्ष दीपक खड्काले स्वर्गीय […]

  3. ३ लाखको उपाधी आयोजक रामेछापले नै उचाल्यो

    रामेछाप – रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको शिल्ड अयोजक समुह रामेछाप नगरपालिकालेनै उचालेको छ । रामेछाप नगरपालिकाले पहिलो पटक आयोजनामा गरेको मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा रामेछाप नगरपालिकाले आकाशे व्याइज क्लब मन्थलीलाई ३–० गोलको अन्तरमा पराजित गरेको थियो । कुल सहभागि १२ वटा […]

  4. सुकाजोरमा घरमै भत्ता, वडाध्यक्ष भन्छनः ‘नागरिकको खुसीले काम गर्ने उर्जा मिल्दो रहेछ’

    रामहरि केसी, रामेछाप- रामेछापको वडा नम्बर ७ सुकाजोरका स्थानीय आफ्नै घरमा पैसा पाउँदा निकै खुसी छन् । यो खुसी उनिहरुमा त्यतिकै आएको हैन् । आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले चुनाव अघि गरेका बाचा पूरा गरेपछि उनिहरुको मुहारमा खुसी छाएको हो । वडाअध्यक्ष सहितको टोली सुकाजोरका विभिन्न बस्तीहरुमा हरेक चार महिनामा राज्यले उपब्ध गराउने सामाजिक सुरक्षा […]

  5. मन्थलीमै बाघ !, सेल्फि खिचाउनेको भिड (भिडियो सहित)

    मन्थली- जिल्लाको खाँडादेवी गाउँपालिकाबाट सोमबार दिउँसो बिरामी अवस्थामा रहेको चितुवा नियन्त्रणमा लिएको छ । खाँडादेवीको वडा नं ४ पकरवास स्थित खोपको जंगलमा बिरामी अवस्थामा चितुवा भएको स्थानीयले जानकारी गराए पछि डिभिजन बन कार्यालय रामेछाप, खाँडादेवी गाउँपालिकाको पशु स्वास्थ्य शाखा र मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाको समन्वयमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चितुवा भएपनि सुरुमा […]