१. समाचार संकलन

Hamro Prahar News Portal मा प्रकाशित सामग्रीहरू हाम्रा आफ्नै संवाददाताहरू, प्रदेश प्रतिनिधिहरू, स्वतन्त्र पत्रकारहरू, भरपर्दो समाचार एजेन्सीहरू (जस्तै रासस), प्रमाणित प्रेस विज्ञप्ति र हाम्रा सम्पादकीय डेस्कबाट तयार पारिन्छन्। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्राप्त सूचनाहरूलाई स्वतन्त्र रूपमा पुष्टि नगरी समाचारको रूपमा प्रस्तुत गरिँदैन।

२. प्रकाशन प्रक्रिया

हाम्रो सामान्य प्रकाशन प्रक्रियाअन्तर्गत संवाददाताले समाचार तयार गरेपछि सम्बन्धित सम्पादकले त्यसको समीक्षा, तथ्य जाँच र सम्पादन गरी प्रकाशन गर्छन्। अन्तिम सम्पादकीय निर्णय गर्ने पूर्ण अधिकार प्रधान सम्पादकमा निहित हुन्छ।

३. तथ्य प्रमाणीकरण

समाचारमा उल्लेख हुने नाम, मिति, स्थान, र दाबीहरूको राम्ररी जाँच गरिनुपर्छ भन्ने हाम्रो मान्यता छ। कुनै पनि भ्रमपूर्ण वा अपुष्ट दाबीलाई तथ्यका रूपमा प्रस्तुत गर्नबाट बच्न हामी सधैं आधिकारिक स्रोतहरूलाई प्राथमिकता दिन्छौं।

४. समाचार र विचार

हामी 'समाचार' र 'विचार' लाई स्पष्ट रूपमा अलग राख्छौं। विचार खण्डमा प्रकाशित लेख, स्तम्भ, र विश्लेषणहरूले लेखकको व्यक्तिगत दृष्टिकोण प्रस्तुत गर्छन्।

५. सच्याइ

हामी आफ्ना सामग्रीहरू त्रुटीरहित बनाउन भरमग्दुर प्रयास गर्छौं। तर यदि हामीबाट कुनै महत्वपूर्ण तथ्यगत गल्ती भएमा, त्यसलाई स्वीकार गर्दै हामी छिटो र पारदर्शी रूपमा सच्याउनेछौं।