‘बस दुर्घटनामा परी घाइते भएकाको उपचार खर्च नगरपालिकाले बेहोर्छ’– नगर प्रमुख बस्नेत

रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आउँदा सवारी दुर्घटनामा परी घाइते भएका विरामीको उपचारमा लाग्ने खर्च नगरपालिकाले वेहोर्ने बताएका छन् । तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै नगर प्रमुख बस्नेतले सदरमुकाम मन्थलीमा शुक्रबार देखि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा मन्थली नगरपालिका–४ सालुको सेतीदेवी […]

‘बस दुर्घटनामा परी घाइते भएकाको उपचार खर्च नगरपालिकाले बेहोर्छ’– नगर प्रमुख बस्नेत

रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आउँदा सवारी दुर्घटनामा परी घाइते भएका विरामीको उपचारमा लाग्ने खर्च नगरपालिकाले वेहोर्ने बताएका छन् । तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै नगर प्रमुख बस्नेतले सदरमुकाम मन्थलीमा शुक्रबार देखि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा मन्थली नगरपालिका–४ सालुको सेतीदेवी माविबाट भाग लिन आउने क्रममा मच्छेडाँडीमा बस दुर्घटनामा परी घाइते भई उपचार गराइरहेका सबै घाइतेको उपचार खर्च नगरपालिकाले बेहोर्ने प्रतिवद्धता जनाएका हुन् ।

शुक्रबार विहान सालुबाट मन्थली तर्फ आउँदै गरेको बा ५ ख २८५७ नं यात्रुवहाक बस दुर्घटनामा परी २० जना घाइते भएका थिए । घाइते भध्ये १५ जना उपचार पछि निको भएर घर फर्की सकेका छन् । अन्य ५ जनाको मध्यपुर ठिमी अस्पतालमा थप उपचार भइरहेको छ ।

समाचार का थप समाचार