दुई विद्यालयका बालबालिकालाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री सहयोग

रामेछाप– लायन्स क्लब अफ काठमाण्डौं आधार, किवानिज क्लब अफ समर्पण र लायन्स क्लब अफ काठमाण्डौं हस्पिटालिटीको सहयोगमा रामेछापका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री वितरण गरिएको छ । मन्थली नगरपालिका वडा नं. ७ को सेतीदेवी आवि ठेडीखोला र दुर्गादेवी आवि भटौलीमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो । सेतीदेवी […]

दुई विद्यालयका बालबालिकालाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री सहयोग

रामेछाप– लायन्स क्लब अफ काठमाण्डौं आधार, किवानिज क्लब अफ समर्पण र लायन्स क्लब अफ काठमाण्डौं हस्पिटालिटीको सहयोगमा रामेछापका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री वितरण गरिएको छ । मन्थली नगरपालिका वडा नं. ७ को सेतीदेवी आवि ठेडीखोला र दुर्गादेवी आवि भटौलीमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो । सेतीदेवी आविका २३ जना र दुर्गादेवी आविका २७ जना गरी ५० जनालाई उक्त सामग्री वितरण गरिएको लायन्स क्लब अफ काठमाण्डौं आधारकी रिजन कोडिनेटर प्रमिला लामिछानेले बताइन् ।

किवानिज क्लब अफ समर्पणकी संस्थापक अध्यक्ष चन्दा खतिवडा, रिजन कोडिनेटर प्रमिला लामिछाने, लायन्स क्लब अफ काठमाण्डौं आधारकी अध्यक्ष सान्ता कुमारी तामाङ, कोषाध्यक्ष सान्ती गुरुङ, मञ्जु श्रेष्ठ, रेखा राई, तुलसी पाण्डे, लायन्स क्लब अफ काठमाण्डौं हस्पिटालिटीकी संस्थापक अध्यक्ष गीता रेग्मी सहितको उपस्थितिमा विद्यालयमै पुगेर विद्यार्थीहरूलाई सहयोग गरिएको बताइएको छ ।

सामग्री वितरण कार्यक्रममा बोल्दै किवानिज क्लब अफ समर्पणकी रिजन कोडिनेटर प्रमिला लामिछानेले तीनवटै संस्थाको संयुक्त सहयोगमा रामेछापका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफूहरू निकै खुसी भएको भनाइ राखिन् । बालबालिकाको क्षेत्रमा मात्रै काम गर्दै आएको किवानिज क्लब अफ काठमाण्डौंले यस्तै बालबालिकालाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि दुई विद्यालयका बालबालिकाको शैक्षिक प्रगतिको लागि सहयोग गर्न आफूहरू तयार रहेको भनाइ राखिन् ।

विद्यार्थीहरूलाई सहयोग गरेपछि सेतीदेवी आविकी प्रधानाध्यापक दुर्गा कुमारी श्रेष्ठले खुसी व्यक्त गर्दै गाउँको एउटा विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरिन् । त्यस्तै दुर्गादेवी आविकी प्रधानाध्यापक सुनिता तामाङले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूको भावनालाई बुझेर न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री सहयोग गर्ने तीनवटै संस्थाका प्रमुख एवं प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरिन् ।

समाचार का थप समाचार