गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे
रामेछाप– रामेछापको गैरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको क्याम्पस सभाबाट घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । क्याम्पस सञ्चालक समितिको सदस्यमा लक्ष्मण कुमार घिमिरे, सरोज कटुवाल र कुमारी हायु निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष घिमिरेले क्याम्पस सञ्चालक समितिमा आफूलाई निर्विरोध निर्वाचित गराउने क्याम्पस परिवारलाई धन्यबाद […]

रामेछाप– रामेछापको गैरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको क्याम्पस सभाबाट घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । क्याम्पस सञ्चालक समितिको सदस्यमा लक्ष्मण कुमार घिमिरे, सरोज कटुवाल र कुमारी हायु निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले क्याम्पस सञ्चालक समितिमा आफूलाई निर्विरोध निर्वाचित गराउने क्याम्पस परिवारलाई धन्यबाद दिँदै आफ्नो कार्यकालमा नमूना क्याम्पसको रुपमा चिनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
जिल्लाकै पहिलो र पुरानो क्याम्पसका रुपमा चिनिएको रामेछापको क्याम्पस बर्षौ देखि संचालनमा आएको भएपनि क्याम्पसको भौतिक संरचना निर्माण देखि शैक्षिक गुणस्तर सम्मको कामलाई थप सुधार गर्नु पर्ने भएको बउताउँदै आफ्नो कार्यकालमा भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने गरी काम गर्ने धारणा राखे । नयाँ बन्ने भवनका लागि स्थानीय, प्रदेश र संघीय सरकार सँग समेत समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सभाको उद्घट कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले नगर भित्र रहेको क्याम्पस संचालनको लागि नगरले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस अघि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुर्ण मगर रहेका थिए ।



