‘म २०७४ मा नै समानुपातिकबाट सांसद बन्थे तर, जनताबाट अनुमोदित हुन चाहान्छु’- कान्छाराम

रामेछाप- नेपाली काँग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापकै जनताबाट अनुमोदित भएर सांसद बन्न चाहेको बताएका छन् । बिहिबार उमाकुण्ड गाउँपालिकाको वडा नं ६ गुप्तेश्वरमा मतदाताहरुसँगको भेटघाटको क्रममा आफ्नो भनाई राख्दै उम्मेद्वार तामाङले आफू २०७४ को निर्वाचनमा नै समानुपातिकबाट सांसद बन्न सक्ने आधार हुँदा हुँदै पनि रामेछापकै जनताबाट अनुमोदित हुन […]

‘म २०७४ मा नै समानुपातिकबाट सांसद बन्थे तर, जनताबाट अनुमोदित हुन चाहान्छु’- कान्छाराम

रामेछाप- नेपाली काँग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापकै जनताबाट अनुमोदित भएर सांसद बन्न चाहेको बताएका छन् । बिहिबार उमाकुण्ड गाउँपालिकाको वडा नं ६ गुप्तेश्वरमा मतदाताहरुसँगको भेटघाटको क्रममा आफ्नो भनाई राख्दै उम्मेद्वार तामाङले आफू २०७४ को निर्वाचनमा नै समानुपातिकबाट सांसद बन्न सक्ने आधार हुँदा हुँदै पनि रामेछापकै जनताबाट अनुमोदित हुन चाहेकोले पनि प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेद्वार भएको बताएका हुन् ।

आफ्नो जित निश्चित भएको दाबी गर्दै पुर्ण बहादुर तामाङ‌ कान्छारामले‌ मंसिर ४ पछि जनताको‌ हरेक आवश्यकता पुरा पर्ने प्रतिबद्धता जनाए । गुप्तेश्वरका स्थानीयले गुप्तेश्वरमा बिद्युतको समस्या, मोबाइल फोनको टावरको समस्या, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगयतको क्षत्रमा बर्षौ देखि पछि परेको गुनासो गरेपछि प्रतिनिधि सभा सदस्य उम्मेद्वार कान्छाराम र रामेछाप प्रदेस सभा (क)‌ उम्मेद्वार तारानारायण श्रेष्ठले गुप्तेश्वरको समस्यालाई समधान गर्ने प्रतिबद्धता जनाए ।

समाचार का थप समाचार
‘म २०७४ मा नै समानुपातिकबाट सांसद बन्थे तर, जनताबाट अनुमोदित हुन चाहान्छु’- कान्छाराम | नेपाल किरण