प्रिति गाउँपञ्चायतबाट जागिर सुरु गरेका थापा ३४ वर्ष पछि गोकुलगंगाको प्रमुख प्रशासकीय अधिकृत

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर थापा आएका छन् । थापाले सोमवार देखि गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका हुन् । यस अघि थापा रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख थिए । प्रमुख प्रशासकीय अधिकृत भएर सोमबार देखि आफ्नो जिम्मेवारी सम्हालेका थापालाई मंगलवार गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), […]

प्रिति गाउँपञ्चायतबाट जागिर सुरु गरेका थापा ३४ वर्ष पछि गोकुलगंगाको प्रमुख प्रशासकीय अधिकृत

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर थापा आएका छन् । थापाले सोमवार देखि गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका हुन् । यस अघि थापा रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख थिए ।

प्रमुख प्रशासकीय अधिकृत भएर सोमबार देखि आफ्नो जिम्मेवारी सम्हालेका थापालाई मंगलवार गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), उपाध्यक्ष उषदेवी कार्की लगायतले सफलताको शुभकामना दिँदै सिंगो गाउँकार्यपालिकाले अगाडि सारेका नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी काम गर्न सुझाब दिए । प्रमुख प्रशासकीय अधिकृत थापाले विधि र पद्धति भित्र रहेर नागरिकको समस्यालाई केन्द्रमा राखेर आफूसँग भएको अनुभवलाई प्रयोग गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तो छ थापाको ३४ वर्ष जागिरे जीवन

संयोग नै भन्नु पर्छ ३४ वर्ष अघि तत्कालिन रामेछापको प्रिति गाउँ पंचायतको सचिवबाट सरकारी सेवामा प्रवेश गरेका थापा संघीयता स्थापना संगै स्थापना भएको रामेछापकै गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने मौका पाएका छन् ।

२०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापा विभिन्न पदमा रहेर काम गर्दा गर्दै  २०६८ जेष्ठमा शाखा अधिकृतक भए । २०६८ चैत्रबाट जिल्ला विकास समिति सर्लाहीमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत भएर स्थानीय निकायमा प्रबेश गरेका थापासँग स्थानीय निकाय तथा स्थानीय तह भएपछि नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको लामो अनुभव रहेको छ ।

मुलुक संघीयतामा जानु भन्दा पहिला र संघीयतामा गइसके पछि २०७१ देखि २०७६ सम्ममा सर्लाही जिल्लाको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरीसकेका छन् । कर्मचारी समायोजन पश्चात् सर्लाहीको बरहथवा नगरपालिका र रामेछापको रामेछाप नगरपालिकामा योजना अनुगमन तथा प्रशासकीय अधिकृतको रुपमा काम गरेका थापालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७९/०४/१८ को निर्णय अनुसार रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न तोकिएपछि २०७९/०४/२३ देखि हाजिर भई काम गर्न थालेका छन् ।

रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख भएर काम गर्दा रामेछाप नगरपालिका बागमती प्रदेशकै सबैभन्दा कम बेरुजु हुने पालिकामा प्रथम भएको थियो भने स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा पनि रामेछाप नगरपालिका बागमती प्रदेशकै पहिलो स्थानीय तह भएको थियो ।

समाचार का थप समाचार