रामेछापमा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयरी पुरा

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा भदौ २५ र २६ गते हुन लागेको नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयारी सबै पुरा भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ ओटा शाखा सहभागी हुने क्षेत्रिय सम्मेलनको सबै तयारी पुरा भएको रामेछाप जेसिजले विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । रामेछाप जेसिजको आतिथ्यमा हुने सम्मेलनलाई सफल बनाउनको […]

रामेछापमा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयरी पुरा

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा भदौ २५ र २६ गते हुन लागेको नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयारी सबै पुरा भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ ओटा शाखा सहभागी हुने क्षेत्रिय सम्मेलनको सबै तयारी पुरा भएको रामेछाप जेसिजले विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

रामेछाप जेसिजको आतिथ्यमा हुने सम्मेलनलाई सफल बनाउनको लागि यस अघि विभिन्न समितिहरु गठन गरेर काम गरिरहेको र गठित समितिले आ–आफ्नो जिम्मेवारी पुरा गर्दै सम्मेलनको लागि आवश्यक तयारी पुरा गरीसकेको रामेछाप जेसिज वर्ष २०२० का अध्यक्ष गोपाल खड्काले पत्रकार सम्मेलनमा जनाकारी गराए ।

नेपाल जेसिजको राष्ट्रिय नारा– ‘परिवर्तनको लागि उठौँ, मानव विकासका लागि नेतृत्व अभ्यासहरु’ लाई समेत मध्यनजर गर्दै आयोजना गर्न लागिएको सम्मेलनले रामेछापको व्यापार, पर्यटन तथा पहिचान प्रर्वद्धनमा टेवा पुर्‍याउने मुख्य उद्देश्य रहेको खड्काले बताए ।

सम्मेलनले जेसिज स्थापना भएका १ सय २५ देशहरुमा रामेछापको पहिचानलाई पुर्‍याउन समेत मद्धत पुग्ने आफूहरुको अपेक्षा रहेको रामेछाप जेसिजले बताएको छ ।

सम्मेलनमा नेपाल जेसिजमा आवद्व पाँच सय भन्दा बढी देशभरका जेसिज अभियान्ताहरुको सहभागिता रहने अपेक्षा राखिएको भएपनि कोरोना महामारीलाई मध्येनजर गर्दै जेसिज क्षेत्र ‘ग’ अन्तरगतका ३५ शाखाका अध्यक्ष सहित १ सय ६१ शाखाका जेसिज प्रतिनिधि गरी करिव २ सयको हाराहारीमा मात्रै पाहुनाको सहभागिता हुने रामेछाप जेसिज वर्ष २०२१ का अध्यक्ष जीवन कार्कीले बताए ।

सम्मेलन सफल बनाउन रामेछाप जेसिजले आर्थिक संयोजक गुणराज भट्टराई (आकास), स्मारिका प्रकाशन संयोजक रामहरि सापकोटा, प्रचारप्रसार संयोजक ज्ञानु श्रेष्ठ, होटल व्यवस्थापन संयोजक कुमार श्रेष्ठ, रजिस्टेसन संयोजक संगिता श्रेष्ठ, शान्ति पदयात्रा संयोजक विमल पौडेल, कीट ब्याग संयोजक सैलजा ढुङ्गेल, खाना व्यवस्थापन संयोजक सन्तोष भट्टराई, मञ्च निर्माण तथा हल व्यवस्थापन संयोजक यादव केसि, मनोरञ्जन तथा साइड सिन व्यवस्थापन संयोजक धिरज खत्री, स्वागतगेट सजावट संयोजक नारायण थापा, स्वागत सम्मान संयोजक विपना थापा, तालिम तथा सेमिनार संयोजक सरस्वती राय, मायाको चिनो व्यवस्थापन संयोजक प्रमिलन सापकोटा, उद्घाटन समारोह संयोजक प्रज्वोल बुढाथोकी र सम्मेलन प्रर्वद्वन संयोजक गोपाल खड्कालाई जिम्मेवारी दिएको थियो ।

समाचार का थप समाचार