रामेछापमा जुनार जोन कार्यक्रम प्रभावकारी बन्दै, जुनार उत्पादनमा वृद्धि

रामेछाप- जुनारको पहिचान बनाएको रामेछाप जिल्लामा यो वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोन कार्यक्रम संचालन गरेपछि जुनार उत्पादनमा बृद्धि भएको हो । विगत वर्षहरुमा जुनारमा किरा लाग्ने (फ्रुट फ्लाई) रोगले जुनार खेतीमा ठूलो असर गरेको थियो भने अहिले परियोजनाले जुनार जोन कार्यक्रम मार्फत रोग किरा नियन्त्रणमा सहयोग गरेपछि […]

रामेछापमा जुनार जोन कार्यक्रम प्रभावकारी बन्दै, जुनार उत्पादनमा वृद्धि

रामेछाप- जुनारको पहिचान बनाएको रामेछाप जिल्लामा यो वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोन कार्यक्रम संचालन गरेपछि जुनार उत्पादनमा बृद्धि भएको हो । विगत वर्षहरुमा जुनारमा किरा लाग्ने (फ्रुट फ्लाई) रोगले जुनार खेतीमा ठूलो असर गरेको थियो भने अहिले परियोजनाले जुनार जोन कार्यक्रम मार्फत रोग किरा नियन्त्रणमा सहयोग गरेपछि जुनार उत्पादनमा बृद्धि भएको रामेछाप–६ ओख्रेनीका अगुवा कृषक युगराज पाख्रिनले बताए ।

जुनार जोन कार्यक्रम लागु भएपछि ९८ प्रतिशत जुनारमा लाग्ने रोग किराहरु नियन्त्रणमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए । जुनार जोन कार्यक्रम रामेछापमा आर्थिक वर्ष २०७६/७७ वर्षबाट संचालनमा रहेको छ । यो तीन वर्षको अवधिमा जुनार खेतीमा उल्लेख्य सफता हासिल गरिएको परियोजना प्रमुख गैह्रेको भनाई रहेको छ । उनका अनुसार जुनार जोन कार्यक्रम प्रभावकारी बनाउन परियोजनाले यान्त्रिकरण, बगैचा विस्तार, साना सिंचाई पोखरी निर्माण, नर्सरी घर स्थापना, जुनार फल प्याकेजिङ, बजरीकरण र रोग किरा नियन्त्रणको लागि किटनासक औषधिमा ५० प्रतिशत अनुदान दिन थालेपछि जुनार जोन सफल भएको हो ।

चालु आर्थिक वर्षमा जुनार जोन कार्यक्रमको लागि एक करोड बराबरको बजेट राखिएको बताइएको छ । जुन बजेट जुनार जोन कार्यक्रम संचालन भएको रामेछाप नगरपालिकाको वडा नं १, २, ४, ५, ६, ७, ८ र मन्थली नगरपालिकाको वडा नं ४, ६, ९, १३ र १४ मा कार्यक्रम संचालनमा रहेको छ ।

यो वर्ष रामेछाप जिल्लामा करिव १३ मेट्रिक टन भन्दा बढी जुनार उत्पादन भएको परियोजनाले बताएको छ । रामेछापको जुनारले यस वर्ष राजधानी काठमाण्डौ, बनेपा र जनकपुर जस्ता प्रमुख बजार केन्द्रहरुमा राम्रो मूल्य पाएको छ ।

समाचार का थप समाचार
रामेछापमा जुनार जोन कार्यक्रम प्रभावकारी बन्दै, जुनार उत्पादनमा वृद्धि | नेपाल किरण