सगरमाथा र ल्होत्से आरोहणको यात्रामा बमकाजी
जीवनमा एक पटक जसरी पनि सगरमाथा चढ्न पाए हुन्थ्यो भन्ने प्रायः हरेक नेपालीको मनमा आउन सक्छ । संसारको अग्लो चुचुरोमा पाईला टेक्ने रहर नहुने को होला र ? तर, यो सपना विभिन्न कारणले सबैको पूरा हुदैन । जीवनमा एकपटक सगरमाथा पुग्न र त्यसको अनुभव गर्नु आफैमा एक ठुलो उपलब्धि र साहासिक कार्य हो । मानिसलाई […]


जीवनमा एक पटक जसरी पनि सगरमाथा चढ्न पाए हुन्थ्यो भन्ने प्रायः हरेक नेपालीको मनमा आउन सक्छ । संसारको अग्लो चुचुरोमा पाईला टेक्ने रहर नहुने को होला र ? तर, यो सपना विभिन्न कारणले सबैको पूरा हुदैन । जीवनमा एकपटक सगरमाथा पुग्न र त्यसको अनुभव गर्नु आफैमा एक ठुलो उपलब्धि र साहासिक कार्य हो । मानिसलाई सफल हुन विभिन्न विकल्प र बाटाहरु मध्ये यो एक फरक र रोमाञ्चकारी तथा सधैँ स्मरण रहने कार्य पनि हो । यी सबै सपना पूरा गर्ने लक्ष्य राखेर हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं १० का बम बहादुर सिर्पाली सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्न ५० दिनको यात्रा तय गरेर काठमाण्डौबाट लुक्ला तर्फ लागेको छन् ।
उनले यात्रामा निस्कनु भन्दा पहिला आफ्नो भाव यसरी व्यक्त गरेका छन्– ‘म एक सामान्य परिवारको व्यक्ति र निजामती कर्मचारीको हैसियतमा आफ्नो र आफ्नो समुदायको पहिचान तथा हौसला बुलन्द गर्दै निजामती कर्मचारीको प्रतिनिधिको रूपमा सगरमाथाको शिरमा राष्ट्रिय झन्डा फरफराई सुख, समृद्धि र शान्तिको सन्देश दिने चाहान भएकोले एक व्यक्तिको रूपमा प्रयास गरेको छु । “हामी पनि सक्छौं” भन्ने मुल नारालाई शिरोधार्य गर्दै यो अभियानमा जुटेको छु । विभिन्न किसिमका कृतिमानहरू कायम गर्ने र प्रतिस्पर्धा मार्फत पर्यटक भित्र्याउने र निजामती कर्मचारीका अनुभवका आधारमा आउँदो पुस्ताका लागि योगदान पुगोस भन्ने उदेश्यले एक फरक सोंचका साथ मार्गप्रस्त गर्न तथा आफ्ना अनुभवहरूले अरूलाई सहज गराउन योगदान पुग्नेछ र निजामती कर्मचारीको रूपमा मेरो सानै देखिको जीवनको एक मात्र विशेष लक्ष्य हासिल गर्न हौसला मिल्ने छ भन्ने अभिप्रायले सम्पूर्ण देश भक्त नेपाली र निजामती कर्मचारीको प्रतिनिधित्व गर्दै सम्पुर्ण रूकुम जिल्ला, कर्णाली प्रदेश तथा राष्ट्रकै प्रतिनिधित्व गर्दै जीवनमा पहिलो प्रयास गर्ने हेतुले यो अभियानमा लागेको छु । यो मेरो प्रयासमा सबैको प्रेरणा, माया, साथ, सहयोग र हौसला रहने छ भन्ने अभिप्रायले निजामती कर्मचारीका तर्फबाट झण्डा सगरमाथाको शिरमा फहराउने प्रबल ईच्छाका साथ केबल राष्ट्र र जनताका पक्षमा नेपाल र नेपालीलाई फाइदा पुग्ने र एक छुट्टै पहिचान तथा सन्देश दिन साथै पर्यटन प्रबर्द्धनमा पनि रुकुम जिल्ला, कर्णाली प्रदेश समग्रमा नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुग्ने बिश्वासका साथ आरोहणको यात्रा तय गरेको छु ।’
करिव ५० दिनको यात्रामा सिर्पालीले विश्वको सर्वोच्च शिखर ८ हजार ८ सय ४८.८६ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेर विश्वकै चौथो अग्लो अर्को ८ हजार ५ यस ११ मिटर ल्होत्से हिमालको पनि आरोहण गर्ने लक्ष्य राखेका छन् ।
सिर्पालीले सगरमाथा आरोहणको तयारीका लागि सन् २०१९ मा गोरखामा रहेको मनास्लु हिमालको (निजामति कर्मचारीको तर्फबाट पहिलो पटक) सफल आरोहण गरीसकेका छन् ।
बमकाजी सिर्पाली (बम बहादुर वि.क.) हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत छन् ।



